तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जमा वयस्क पोथी गैँडा मृत फेला 

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वयस्क एउटा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीय पोथी गैँडा मृत भेटिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले  जुधेर पोथी गैँडा मरेको जानकारी दिनुभयो  । मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको  छ । यो सँगै चालू आर्थिक वर्षमा पाँचवटा गैँडा मरेका छन् । जस मध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button