बैतडीमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु
बैतडी । बैतडीमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ बर्षीय शोभानसिंह भण्डारीको स्क्रब टाइफसबाट मृत्यु भएको हो ।
उच्च ज्वरो सहित बुधबार अस्पताल भर्ना भएका भण्डारीको स्क्रब टाइफसबाट मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर भानु चालिसेले पुष्टि गर्नु भएको हो ।
उनको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफसले मृगौलामा समस्या र रगतमा अक्सिजनको मात्रा कम देखिएको डाक्टर चालिसेले बताउनुभयो ।
उनलाई जिल्ला अस्पतालले थप उपचारका लागि धनगढी पठाएकोमा बाटोमै मृत्यु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्