तपाईँ सुन्दै हुनुहुन्छः

स्वीकृत कार्यक्रमहरु माघ मसान्तभित्र प्रक्रियामा लगिसक्न मातहतका निकायलाई मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीकृत कार्यक्रमहरु माघ मसान्तभित्र प्रक्रियामा लगिसक्न मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरुको बार्षिक बजेटमाथिको अर्धबार्षिक समक्षिामा मन्त्री बाँस्कोटाले स्वीकृत बजेट तथा कार्यक्रम अनुसारका योजनाहरु माघ मसान्तभित्र प्रक्रिया सुरु नभए रकम फिर्ता गर्न तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालय सम्बद्ध निकायहरुलाई विनियोजित बजेट खर्च गर्न नसक्ने भए त्यसको सूची तयार गर्न र बजेट तथा कार्यक्रम छुट्याएर जथाभावी खर्च रोक्न समेत निर्देशन दिनुभयो ।

मन्त्री बाँस्कोटाले प्रत्येक निकार्यलाई कार्य सम्पादन सम्झौता अनुसारको मूल्याङ्कन गरिने र सम्झौता अनुसार कार्यसम्पादन नभए विभागीय कारवाही अघि बढाउने स्पष्ट पार्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरुको बार्षिक बजेट अन्तर्गत पुस मसान्तभित्र चालू तर्फ २३ प्रतिशत र पूँजीगत तर्फ १५ प्रतिशत गरी कुल १९ प्रतिशत खर्च भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button