तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा विश्वबैङ्कको झन्डै ४२ करोडको लागतमा सडक निर्माण सम्झौता

नवलपरासी-(पश्चिम् ) ।रामग्राममा विश्व बैङ्कको लगानीमा झन्डै ६ किलोमिटर सडक स्तरोन्नति हुने हुने भएको छ।पश्चिम् नवलपरासीको परासी पोखरपालीदेखि रामग्राम-१५ घिनाहा जोड्ने ५.७८ किलोमिटर सडक विश्व बैङ्कको सहयोगमा कुल ४१ करोड ८६ लाखमा सम्झौता भएको हो। १८ महिनामा सम्पन्न गर्ने गरि आशिष् आशीर्वाद जेभीले निर्माणको जिम्मा लिएको छ। एक कार्यक्रमका बिच रामग्राम नगरपालिकाका र ठेकेदार दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर भएको नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।

सडक निर्माणले ऐतिहासिक तथा पुरातात्त्विक बुद्धकालीन स्थल पण्डितपुर जोड्ने हुँदा सो क्षेत्रको चौतर्फी विकासमा टेवा पुग्ने सरोकारवालाहरूको बुझाई छ । शहरी तथा पूर्वाधार आयोजना अन्तर्गत निर्माण हुन लागेको सो सडक नाला, फुटपाथ सहित ४१ फिट चौडाइको हुने बताइएको छ। सडक विस्तारका लागि कुनै अवरोध नरहेको र समयमा नै निर्माण सम्पन्न गर्न ठेकेदार पक्षले प्रतिबद्धता व्यक्त गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनु भयो।

सडक स्तरोन्नति हुन लागेको क्षेत्रमा धमाधम उद्योगधन्दा खुलेको र पर्यटकीय स्थल समेत भएकाले नगरले यस सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको हो’ नगरप्रमुख यादवले भन्नुभयो ‘यो नगरपालिकाको आयोजना मध्ये हालसम्मकै ठूलो योजना हो,समन्वय र सहजीकरण हाम्रो पनि हुनेछ त्यसैले समयमै काम सकिनेमा विश्वस्त छौ” उहाँले भन्नुभयो। ।सडक स्तरोन्नतिले नगरको पर्यटन प्रवर्द्धन र चौतर्फी विकासमा ठूलो टेवा पुग्ने समेत विश्वास लिइएको छ।रामग्राम नगरपालिका जिल्लाको औद्योगिक क्षेत्र भएको एकमात्र नगरपालिका भएकाले यो सडकलाई महत्त्वपूर्ण गौरवको योजनाको रुपमा लिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button