तपाईँ सुन्दै हुनुहुन्छः

बमका छर्रा शरिरमा

सल्यान । शसस्त्र द्धन्द्धका क्रममा घाइतेहरुले राज्यबाट दिने राहत पाउन नसकेको गुनासो गरेका छन् । शान्ति प्रक्रिया पुरा भएको एक दशक भन्दा बढी भई सक्दा समेत राज्यले राहत दिन नसकेको उनीहरुको गुनासो रहेको छ ।

आर्थिक अभावका कारण शरिरमा बमका छर्रा बोकेर हिडिरहनु परेको घाइते कृष्ण केसीले बताउनुभयो । उहाँले भिडन्तमा ५४ वटा बमका छर्रा लागेको बताउदै आर्थिक अवस्था कमजोर भएकै कारण अझै ३२ वटा बमका छर्रा शरिरमा रहेको बताउनुभयो ।

राज्यले उचित राहत र जीवन निवार्ह भत्ता नदिदा शरिर कमजोर हुदैँ गईरहेको अर्का घाइते पहल चलाउनेले बताउनुभयो ।

साविकको स्थानीय शान्ति समितिको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार तीन सय १० जना घाइते भएका थिए । जिल्लामा द्धन्द्धको समयमा माओवादी र राज्य पक्षबाट पिडित बनेका दुई हजार ५९ जनाले अझै राहत पाउन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपनाले द्धन्द्धकालमा घाइते तथा अंगभंग भएका मध्ये ३३ जनाले जीवन निर्वाह भत्ता पाउँदै आएको बताउनुभयो । उहाँले यस वर्ष छुटेकाहरको पुनरावलोकन गर्न भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button