तपाईँ सुन्दै हुनुहुन्छः

बारेकोटको दोमिल्ला खोलामा बेलिब्रिज बन्दै

जाजरकोट । बारेकोट गाउँपालिकाको ध्यापा टाकुरा लिम्सा सडक खण्ड अन्तर्गत दोमिल्ला खोलामा बेलिब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाले आफ्नै बजेट मार्फत बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाका इन्जिनियर महेश काफ्लेले बेलिब्रिजको लम्बाई ५४ मिटर र चौडाइ साढे तीन मिटर रहेको बताउनुभयो ।

असार मसान्त भित्रै निर्माण सक्ने गरी निशान निर्माण सेवा बारेकोटले बेलिब्रिज निर्माणको जिम्मा लिएको छ  ।

एक करोड १० लाख लागतको सो पुल व्यवसायीले ९० लाखमा काम सक्नेगरी जिम्मेवारी लिएका छन् । बेलिब्रिजका लागि सामान अडर भइसकेको हुँदा अब ‘फाउन्डेसन’ तयार गरिने र सो पश्चात् ‘ट्रस्ट’ जोडिने निर्माण व्यवसायी लोकबहादुर सिंहले बताउनु भएको छ । तोकिएको समयावधीमै बेलिब्रिज निर्माण हुन्छ सिंहको भनाई छ ।

पुल वनेपछि बारेकोट बासीलाई ठुलो राहत हुनुको साथै यातायात सेवा सन्चालनमा सहज हुने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र लिम्सा जोड्ने ध्यापाटाकुरा –लिम्सा सडकखण्डको १३ किलोमिटर ट्र्याक एक वर्षअघि गाउँपालिकाले खोलेको थियो । अहिले सो सडकखण्डको स्तोरोन्नतीको काम अगाडि बढेको छ, अध्यक्ष शाहले भन्नुभयो । सडक सञ्जाल नजोडिएको बारेकोटका गाउँ पछिल्लो समय सडक सञ्जालमा जोडिदै गएपछि बारेकोटबासीले बिस्तारै परिवर्तनको अनुभुित गर्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button