संविधानले सबैलाई समेटेको छ : पूर्व राष्ट्रपति यादव
नवलपरासी । पूर्व राष्ट्रपति डा .रामबरण यादवले अहिलेको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ ।

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित सुर्यपुरामा बिपी कोइरालाको शालिक अनावरण समारोहमा पूर्व राष्ट्रपति यादवले सबै नागरिकको हक र अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्नुभयो । प्रतापपुर गाउँपालिकाको आयोजनामा ११० औँ बिपी जयन्ती अवसरमा पूर्व राष्ट्रपति यादवले बिपी कोइरालाको अर्धकदको शालिक अनावरण गर्नुभएको हो ।

उहाँले बिपी कोइरालाको प्रजातान्त्रिक मूल्य-मान्यता, आम नागरिकको जीवनशैली र सिङ्गो राष्ट्रप्रतिको चिन्तनका बारेमा प्रस्ट्याउनुभएको थियो । दलभन्दा माथि उठेर सबैले बिपीको राष्ट्रवादलाई अङ्गाल्नुपर्नेमा यादवले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्