तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता करिव १० प्रतिशत

महिला शान्ति सैनिक खटाउने मुलुकमा नेपाल शीर्ष स्थानमा : नेपाली सेना

काठमाडौं । दक्षिण सुडानमा शान्ति स्थापनाका लागि परिचालित १ हजार ७ सय ५० नेपाली सेनामा हाल महिला सहभागिता करिव १० प्रतिशत रहेको छ ।


संयुक्त राष्ट्र संघको माग अनुसार महिला शान्ति सैनिकको संख्यालाई बढाएर २५ प्रतिशतसम्म पु¥याउने लक्ष रहेको नेपाली सेनाले जनाएको छ ।


नेपाली महिला सैनिक पेशागत दक्षतामा अब्बल रहेकोले सबै क्षेत्र एवं कार्यमा सहभागि हुने गरेका छन ।
स्वास्थ्य, इन्जिनियरिङ र मेकानिक्समा महिलाको सहभागिता राम्रो र उच्चस्तरको कार्यगत दक्षता रहने गरेको छ । दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिलातर्फ विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिश्पर्धा गरेका फुटबलका ३, भलिबल र ह्याडबलका १/१ जना र तेक्वान्दोका ४ जना राष्ट्रिय खेलाडी छन ।


राष्ट्रिय खेलाडी समेत रहेका महिला सैनिक उदयपुरका दिपा राई, गोरखाका होमकुमारी गुरुङ र सपना लामाले खेलको अलवा अपरेशनमा समेत हिड्न पाउदा खुशी लागेको र मिसनमा धेरै कुरा सिक्ने अवसर समेत प्राप्त गरेको बताउनुभयो ।


शान्ति मिसनमा महिला सैनिकको सहभागिताको प्रतिशत बृद्धि गरेकोले महिलाहरुले छिटो अवसर पाउने गरेकोमा खुशी व्यक्त गर्दै मिसनका लागि छनोट भएपछिको तालिममा समेत धेरै कुरा सिक्न पाएकोले पनि मिसनमा काम गर्न धेरै सहज भएको नेपाली महिला सैनिकहरुले बताउनुभयो ।


सबै महिला सहभागिको पेशागत दक्षता राम्रो रहेकोले राष्ट्र संघको मुख्यालय र विभिन्न निकाय एवं क्षेत्रबाट हुने अनुगमन भ्रमणका क्रममा नेपाली महिला सैनिकले गरेका कार्यको प्रशंसा हुने गरेको दक्षिण सुडानको जुवास्थित फोर्स रिजर्भ गणका गणपति प्रमुख सेनानी राजन दाहालले जानकारी दिनुभयो ।


२३ वर्ष अघि सन २ हजारमा संयुक्त राष्ट्र संघीय अन्तरिम फैज लेवननमा १ जना डक्टर १ जना नर्स गरी २ जना महिला अधिकृत फौजमा तैनाथ भएकोमा अहिले महिला शान्ति सैनिक खटाउने मुलुकमा नेपाल शीर्ष स्थानमा रहेको छ ।


केही वर्षयता राष्ट्रसङ्घले द्वन्द्वग्रस्त देशहरूमा निलो हेल्मेट लगाएर परिचालित हुने शान्ति सैनिकमा महिलाको सहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने प्रयासलाई तीव्रता दिएको छ ।


राष्ट्र संघले महिला शान्ति सैनिकको संख्या थप गर्न अनुरोध गरिरहेको र मिसन इलाकाहरुमा महिला मैत्री वातावरण तयार गर्ने र महिलालाई उपयुक्त हुने पूर्वाधार निर्माणका विषयमा पनि छलफल भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।


नेपालबाट महिला सहभागितामा संख्यात्मक रुपमा देखाइएको नेतृत्वदायी भूमिकाको संयुक्त राष्ट्र संघ लगायतका अन्य निकायबाट उच्च प्रशंसा हुने गरेको छ ।


दक्षिण सुडान सहितका अफिकी मुलुक र विश्वका विभिन्न १३ मिसनमा गरी हाल ५ सय ८१ महिला सहित ६ हजार ७० नेपाली शान्ति सैनिक कार्यरत रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button