तपाईँ सुन्दै हुनुहुन्छः

विप्लब पार्टिका २ जना नेता पक्राउ

बर्दिया । बर्दिया प्रहरीले  विप्लब समूहका २ जना नेता पक्राउ परेका छन् । प्रहरीले उक्त समूहका अखिल क्रान्तिकारी थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी र ईन्चाजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले  सोमवार साँझ रोल्पा थवाङ गाउँपालिका वडा नं.१ थवाङ बस्ने बर्ष ३५ का अमित घर्ति मगर (थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी) र ४३ बर्षिय हित प्रसाद रोका (थवाङ स्वायत्त क्षेत्र ईन्चार्ज) लाई पक्राउ गरेको हो ।

दुबै जनालाई बर्दियाको गुलरिया नगरपालिका वडा नं.६ बाट पक्राउ गरी थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button