जयेन्दु बाल सुधार गृहका ६८ जना प्रहरी हिरासतमा स्थानान्तरण

नेपालगञ्ज । बाँकेको जयेन्दु बालसुधार गृहमा झडप भएपछि ६८ जनालाई जिल्लाका आधा दर्जन प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय नेपालगञ्ज, इलाका प्रहरी कार्यालय जमुनाहा, डुडुवा गाउँपालिकाका हिरमिनिया र बेतहनी प्रहरी हिरासतमा अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई स्थानान्तरण गरिएको बालसुधार गृहका प्रमुख विमला काउचाले बताउनुभयो ।
गत असोज ४ मा बाँकेको बालसुधार गृहबाट फरार भएका ४ जना अझै सम्पर्कविहीन छन् । बाल सुधार गृहमा रहेका २५४ जना मध्ये बाँकेका दुई, दैलेख र कैलालीका एक/एक जना सम्पर्कविहीन भएका थिए । त्यस रात सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्