तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादनको बजार राम्रो (फोटो फिचर)

म्याग्दी । म्याग्दीका गाउँगाउँमा उत्पादित स्थानीय बस्तुहरूले बजार पाउन थालेका छन् । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित बस्तुहरू बजार राम्रो छ । म्याग्दी जेसिजको आतिथ्यतामा म्याग्दीको सदरमुकाम बेनीमा भएको नेपाल जेसिजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले निःशुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित बस्तुहरू कोसेलीका रुपमा लगेका छन् । 

स्थानीयस्तरमै उत्पादित विभिन्न वस्तुहरू बिक्रीका लागि म्याग्दी जेसीज उपलब्ध गराएको निःशुल्क स्टलमा म्याग्दीको अर्ग्यानिक कृषि जन्य बस्तुहरू, अल्लोबाट बनेका कपडा, चप्पल र स्थानीय निर्माण गरेको चप्पल राखिएको छ। बिहीबारदेखि शुक्रवारसम्म सञ्चालन भएको सम्मेलनमा उपस्थित करिब ६ सय अतिथिहरूले स्टलमा राखेका म्याग्दीका उत्पादनको अवलोकन गर्ने र मन परेको अर्ग्यानिक बस्तुहरू किनेर लाने गरेका छन् । 

स्टलमा अल्लोबाट बनेका ढाकाका कपडा, टोपी, सल, पर्स, लगायतको सामानहरू रहेको म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतका महिला उद्यमीकी कोषाध्यक्ष दिलु गुरुङले बताउनुभयो । उहाँले  मेला, महोत्सव र सम्मेलनले गर्दा स्थानीयले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न सघाउ पुगेको बताउनुभयो । 

त्यस्तै स्टलमा महिला उद्यमीकी सदस्य गंगा खत्रीले सिस्नो, टिम्मुर, टिम्मुरको छोप, बेसार, रातो च्याउ, जिम्भु, सिल्टेमोर राख्नुभएको छ । उहाँले राखेको बस्तुहरू बढी बिक्ने गरेको छ । 

धौलागिरि कोसेली घरकी सञ्चालिका मिना राम्जालीले स्टलमा म्याग्दीका गाउँगाउँमा उत्पादन भएका बस्तुहरू बिक्रीमा राख्नु भएको छ । उहाँले पनि टिम्मुर, ढकायो, फापर र जौको पिठो, जौ र उवाको सातु, मुलाको धजरा, सिमिको दाल, चुक अमिलो,  मकैको आटो, कालो र खैरेभट्ट, भुटेको मकै, बदाम, गौरीया चामल राख्नुभएको छ । गलेश्वरधाम आमा समूहले उत्पादन गरेर विभिन्न प्रकारका चप्पलहरू स्टलमा राख्नुभएको छ। 

गाउँगाउँमा उत्पादित स्थानीय वस्तुहरूको प्रचार–प्रसार भएको र अर्कोतर्फ व्यापार पनि भइरहेको स्टलका व्यवसायीहरू भनाई थियो । पहिलेभन्दा अहिले गाउँमा उत्पादन भएका बस्तुहरूको बजार राम्रो रहेको अनुभव सुनाउनुभयो । 

नेपाल जेसिज क्षेत्र ख सम्मेलनका निर्देशक एवम् म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दीको कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनहरूको प्रचार र बजार विस्तारका साथै पर्यटन प्रवद्र्धनका लागि सम्मेलनले सघाउने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button