पोखरामा छैनन् अपाङ्गमैत्री कार्यस्थल

पोखरा । पोखरामा रहेका अधिकांश सेवा प्रदायक संस्थाहरू अपाङ्ग मैत्री नभएको पाइएको छ । सबैको लागी मानव अधिकार पहुँचयुक्त दिगो विकास नारा सहित सरोकारवालहरूसँग गरिएको छलफलमा सहभागीहरूले अपाङ्ग मैत्री कार्यस्थल नभएको बताएका हुन् ।
सार्वजनिक यातायातमा पाउनु पर्ने ५० प्रतिशत छुट समेत अपाङ्गहरूले पाउन सकेका छैनन् । व्यक्तिगत अधिकार समेत प्रयोग गर्न नपाएको राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकीका अध्यक्ष खोमराज सुवेदीले बताउनु भयो । “ सार्वजनिक यातायातमा अपाङ्गहरूले पनि प्रयोग गर्छन् भन्ने कुरा अझै सम्म पनि राज्य र व्यवसायीहरूले थाहा नपाएको बताउनु भयो ।
उहाँले राज्यका संयन्त्रहरूले कार्यालयहरूमा र्याम्प बनाए पछि सबै पूर्वाधार अपाङ्ग मैत्री भए भन्ने आम बुझाई रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । अपाङ्ग भित्र १० वटा समूह पर्दछन् भन्ने कुराको ख्याल नै नगर्दा समस्या आउने गरेको उल्लेख गर्नु भयो ।
सरकारको यातायात प्रति अहिलेसम्म स्पष्ट धारण के हो ? अहिले सम्म आउन नसक्नु दुखको कुरा रहेको दृष्टिविहीन शिक्षक पुष्प भण्डारी बताउनु हुन्छ । सडकमा राखिएका टेक्स्टाइलमा ठुला ठुला बिजुलीका पोलहरू राख्दा दुर्घटना हुने गरेको बताउनु भयो ।
सार्वजनिक सवारी साधनमा अपाङ्गहरू बस्ने सिटमा अन्य व्यक्तिहरू बसेको अनावश्यक रुपमा म्युजिक बजाउँदा बोल्न नसक्ने र सुस्त श्रवण भएका व्यक्त्तिहरुलाई निकै सकस पर्ने गरेको छ । यस्ता विषयमा अनुगमन नहुँदा राज्य प्रति दुख लाग्ने गरेको भण्डारी बताउनु हुन्छ ।
सार्वजनिक यातायातमा ह्विलचियर भएका अपाङ्गहरूलाई सकेसम्म यात्रामा सहभागी गर्न नपरोस् भन्ने चाहा चालकहरूले राख्ने गरेको रामचन्द्र परियार बताउनु हुन्छ । उहाँले विगत केही दशक देखि ह्विलचियर प्रयोग गदै आएको बताउनु भयो ।
जिफन्टका अध्यक्ष रुद्र खत्रीले पोखरामा अहिले सम्म पनि अपाङ्ग मैत्री सवारी साधन एउटा पनि नभएको बताउनु भयो । राज्यले नियम बनाएर मात्र नहुने भन्दै उहाँले पाठ्यक्रमहरूमा समेत यस्ता विषयहरू राम्रो सँग समावेश गर्न सके सबैको पहुँचयुक्त समाज निमार्ण हुने बताउनु भयो ।
पोखरा महानगरपालिकाले गएको वर्ष पोखराका विभिन्न ठाउँहरूमा अपाङ्गमैत्री सडक निमार्ण गर्ने भन्दै टेक्सटायलहरु विच्छाइएको थियो । वडा नं ४ महेन्द्रपुलदेखि चिप्लेढुङगासम्म रहेको अपाङ्ग तथा पैदल यात्रीका लागि निर्माण गरिएका टेक्सटायलयुक्त बाटो निर्माण सम्पन्न भएको वर्ष दिनमै भत्किएका छन्। । बाटोमा राखिएका टायलहरू कोही उक्किएका छन् त कोही टेक्ने बित्तिकै लरखरिने भएका छन् । सिद्धार्थ चोकदेखि पालिखेचोक सम्मको बाटोमध्ये महेन्द्रपुलदेखि चिप्लेढुङगा सम्मको बाटो अन्य ठाउँको तुलनामा बढी जीर्ण बनेको सहभागीहरूले बताएका थिए ।
नियम कार्यान्वयनमा प्रदेश सरकार गम्भीर रहेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली मगरले प्रयास भइरहेको बताउनु भयो । लामो समय सम्म फरक क्षमता भएका व्यक्तिहरूको लागि पनि राज्य गम्भीर हुँदै गएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्