सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा छलफल भइरहेको छ ।
बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चालु संसद्मा भएका गतिविधि र पार्टीले खेलेको भूमिकाबारे जानकारी गराउनुभयो ।
प्रमुख सचेतक लेखकले संसदमा महत्वपूर्ण विधेयकहरूको निमार्णका क्रममा सांसद्हरुको सक्रिय सहभागिता हुनुपर्नेमा जोड्दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
https://www.facebook.com/nepalicongresshq/videos/158877840548621








प्रतिक्रिया राख्नुहोस्