महासङ्घद्वारा दुई पत्रकारलाई आर्थिक सहयोग
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दुई पत्रकारलाई आर्थिक सहयोग गरेको छ ।
महासङ्घले मिर्गौला प्रत्यारोपण गराइरहनुभएका महासङ्घ काठमाडौँ शाखाका सदस्य प्रेम तामाङ र ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतलाई आर्थिक सहयोग गरेको हो ।
तामाङलाई महासङ्घ जापान शाखाबाट प्राप्त रु दुई लाख पाँच हजार पाँच सय ३० र महासङ्घ कुवेत शाखाबाट प्राप्त रु २५ हजार पाँच सय गरी रु दुई लाख ३१ हजार ३० महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले हस्तान्तरण गर्नुभयो ।
यस्तै, पत्रकार महतलाई कोरिया शाखाबाट प्राप्त रु ५९ हजार पाँच सय २१, पाँचथर शाखाबाट प्राप्त रु ११ हजार, नवलपरासी शाखाबाट प्राप्त रु १० हजार र खोटाङ शाखाबाट २५ हजार तीन सय गरी रु एक लाख पाँच हजार आठ सय २१ उपलब्ध गराएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्