तपाईँ सुन्दै हुनुहुन्छः

सहनीको हत्यामा संलग्न भएको आरोपमा ३ पक्राउ

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय सुरेन्द्र सहनीको हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २२ वर्षीय अजय साह, रानीघाटका २० वर्षीय कृष्ण कुमार गुप्ता र श्रीपुरका २० वर्षीय राजन साह कानुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

सहनीको गत पुस १९ गते हत्या गरीएको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर स्थित बाँसघारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button