उदयपुरमा ट्रकको ठक्करबाट असईको मृत्यु

उदयपुर । उदयपुरमा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ । मृत्यु हुनेमा वेलका नगरपालिका अन्तर्गत भागलपुर प्रहरी चौकीमा कार्यरत असई श्रीकुमार बस्नेत रहेको छ ।
उनको बुधबार ट्रकको ठक्करबाट मृत्यु भएको हो । सदरमुकाम गाईघाटबाट मोटरसाईकलमा कार्यस्थल भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बस्नेतको घटनास्थलमै मृत्यु भएको स्थानीयहरूले बताए । स्रोतका अनुसार असई बस्नेत जिल्ला प्रहरी कार्यालयको मिटिङमा सहभागी भई फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
प्रतिक्रिया राख्नुहोस्