रेडियो नेपाल र श्रीराधा माधव समितिबीच अध्यात्म सन्देश रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र श्रीराधा माधव समितिबीच अध्यात्म सन्देश रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।
रेडियो नेपाल केन्द्रिय प्रसारण कार्यालय सिंहदरबारमा आज भएको कार्यक्रम सञ्चालन तथा प्रसारण गर्ने सम्बन्धमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी र राधामाधव समितिका महासचिव बसन्त प्रसाद जोशीले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभयो ।
विगतदेखि प्रसारण भइरहेको यस कार्यक्रमलाई निरन्तरता दिँदै रेडियो नेपाल र समितिबीच २०८० असोज १ गतेदेखी २०८१ भाद्र मसान्तसम्म कार्यक्रम सञ्चालन र प्रसारण गर्ने सम्झौता भएको हो ।








प्रतिक्रिया राख्नुहोस्