तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम दाङमा अव विकासको मूल फुट्ने : अर्थमन्त्री मास्कि

लुम्बिनी I लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गाउँ-गाउँमा पुगेर जनताका समस्या सुन्ने अभियान सुरु गर्नु भएको छ। 

अर्थमन्त्री मास्किले आफू नेतृत्वमा आएपछि पश्चिम दाङमा ठुलो बजेट तथा योजना पारेकाे बताउनुभयो ।  दुर्गम कर्णाली प्रदेशका  रूपमा चिनिने पश्चिम दाङमा अव विकासको मूल फुट्ने अर्थमन्त्री मास्किको दाबी छ ।

अर्थमन्त्री मास्किले आफू प्रदेश सरकारको अर्थमन्त्रीको  नेतृत्व गर्दा पश्चिम दाङको क्षेत्रमा इतिहासमै पहिलो पटक  यति धेरै बजेट ल्याएको भन्दै यसको उपलब्धिपूर्ण कार्यान्वयनमा  सबै सचेत हुन आग्रह गर्नु भयो ।

अर्थमन्त्री मास्किले आफू विजय भएको  निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका नागरिकसँग प्रत्यक्ष रूपमा जनताका समस्या बुझी समाधानका लागि अभियान सुरु गरेको बताउनु भयो ।  

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत दाङको शान्तिनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button