तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गीको सङ्क्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने करिब १२ वर्षीया लक्ष्मी सेरालाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । 

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढी स्थित अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button