तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा करेन्ट लागेर १ जनाकाे मृत्यु

दाङ। दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार राती लमही नगरपालिका–२ श्री गाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंखर श्रेष्ठले जानकारी दिनु भयो ।

हावा हुरीले बाटोको  छिउँमा रहेको  मसलाको रुख डाल्दा  बिजुलीको तार चुँडिएर  सडकमा लत्रिएको विद्युतको  तारले करेन्ट लाग्दा मृत्यु भएको प्रहरीको भनाई छ । चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button