तपाईँ सुन्दै हुनुहुन्छः

सन्दिप लामिछानेको मुद्दामा सुनुवाई सुरु

फाइल तस्बिर

काठमाडौँ । नाबालिग बलात्कारको अभियोगमा सन्दीप लामिछाने विरुद्ध परेको मुद्दामा आजको सुनुवाई सुरु भएको छ । 

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सन्दिपविरूद्धको मुद्दामा सुनुवाई सुरु भएको हो । 

न्यायाधीश कार्कीको इजलासमा तेस्रो क्रममा रहेको सन्दिपविरुद्दको मुद्दाको सुनुवाइमा आज अन्तिम बहस हुन सक्नेछ ।

यसअघि भदौ १० गते न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासमा पेशी सूचीको ५ औँ नम्बरमा परेपनि हेर्न नभ्याउने सूचीमा परेको थियो । 

सर्वोच्च अदालतले फास्ट ट्याकबाट मुद्दाको सुनुवाइ गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौँमा पटक पटक मुद्दाको पेशी सर्दै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button