तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा लागु औषधसहित दुई जना पक्राउ

कैलाली । कैलालीमा लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरी रहेका छन् ।

उनीहरुलाई बुधबार टीकापुर रोडबाट २ सय ५० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिई गएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा निजहरूको  साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button