आज गौरा पर्वको अवसरमा कञ्चनपुरमा सार्वजनिक बिदा
कञ्चनपुर । कञ्चनपुरमा आज पनि गौराको सार्वजनिक बिदा दिने निर्णय भएको छ।
सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण चाँड गौरा पर्वको अवसरमा जिल्लामा रहेका सबै ९ वटा पालिकाहरूले आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । सबै पालिकाले एक सूचना जारी गर्दै आज पालिका मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
यस अघि ७ गते पनि गौरा मनाइएको थियो। सय वर्ष तिथि परिवर्तनका कारण भदौ ७ र २१ गते गौरा मनाइँदै छ।








प्रतिक्रिया राख्नुहोस्