फेरि सक्रिय हुँदै पश्चिमी न्यून चापीय प्रणाली, वर्षा र हिमपातको संभावना

काठमाडौं । पछिल्ला केहीदिनदेखि बदली आएको मौसममा अझै केहीदिनदेखि बदली जारी रहने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली फेरि भित्रिन लागेपछि मौसममा आजपनि बदली रहनेछ । अघिल्ला प्रणलीजति सक्रिय नभएपनि वर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाले देशको पूर्वी भूभागमा सामान्य बदली रहेको र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । तराईका भूभागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ६ गते (सोमबार)
दिउँसो : पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्क देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
माघ ७ गते (मंगलबार)
दिउँसो : देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
माघ ८ गते (बुधबार)
दिउँसो : पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिः पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।








प्रतिक्रिया राख्नुहोस्