देउडामा उदाउँदै ‘रेखा’
भीमदत्तनगर-‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बन्नुभएको छ । पछिल्लो समय उहाँले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल हुनुभएको छ ।
पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको थियो । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उहाँका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उहाँ यहाँका देउडा पारखीको मनमनमा पस्न सफल हुनुभएको छ ।
उहाँले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसक्नुभएको छ । उहाँले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिनुभएको थियो । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्