स्कारपियो दुर्घटना हुँदा सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु

सिन्धुपाल्चोक । स्कारपियो गाडी दुर्घटना हुँदा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
आइतबार बिहान २ बजे बा १५ च ९३७० नम्बरको स्करपियो गाडी सुनकोसी गाउँपालिका वडा ७, लामो साँघु जिरी सडक खण्डको ५ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाकारी दिएको छ ।
माथिल्लो सडकबाट गाडी झण्डै ३०० मिटर पल्टेर तल्लो सडकमा आइपुगेको थियो । गाडीमा सवार चार जना घाइते भएका छन् । घाइतेलाई स्थानीयले उदार गरि खाडीचौरस्थित सदावहार अस्पतालमा पुर्याए पनि उपचार हुन नसकेपछि धुलिखेल अस्पताल काभ्रे पठाइएकाे प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्