नेपालगञ्ज उपमहानगरपालिकामा दमकल मोटरसाइकल सेवा सुरु
नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले काठमाडौँ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो ।

दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीका कारण दमकल तत्काल पुग्न नसक्ने अवस्थामा यो सेवा निकै लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
यो सेवा सुरु भएपछि अब वारुणयन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्