तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले निधारमा टोक्दा कोहलपुरका थारुको निधन

मृतक थारु

बाँके । कोहलपुर नगरपालिका वडा नं १३ भरैया बस्ने गुरु प्रसाद थारुको सर्पले टोकेर निधन भएको छ।

गएराती १० बजेतिर छिमेकमा रहेका आफ्नो छोराको घरबाट टिभी हेरेर आफ्नो घरमा आएर सुत्न जाँदा ढोका खोलेर बत्ती बाल्न खोज्दा ६५ वर्षीय थारुलाई बिषालु सर्पले निधारमा टोकेर निधन भएको वडा सदस्य गोमा खनालले जानकारी दिनु भएको छ।

थारुलाई निधारमा सर्पले टोके लगत्तै भेरी अस्पताल नेपालगन्जमा पुर्‍याउने बित्तिकै उहाँको निधन भएको उहाँले जानकारी दिनुभयाे । सर्पले अन्त टोकेको भए बचाउन सहज हुने भए पनि निधारमा टोकेकोले टाउको भरी विष चढेको हुनाले बचाउन नसकिएको भेरी अस्पतालका चिकित्सक कृष्ण आचार्यले बताएकाे खनालले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button