ललितपुरले गर्यो हेलम्बुलाई आर्थिक सहयोग
सिन्धुपाल्चोक । ललितपुर महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विपद व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई रु १२ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

यस वर्षको मनसुन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति बेहोर्दै आएको हेलम्बुले शुक्रबार ठुलै क्षति बेहोर्नु परेको थियो । अविरल वर्षासँगै भदौ ८ गते आएको बाढीले यस भेगकै शैक्षिक केन्द्र सरस्वती माविको २ वटा शौचालय र एउटा भवन बगाएको थियो ।
बाढी र पहिरोले मेलम्ची हेलम्बु सडक खण्ड अवरुद्ध हुनका साथै डिहीस्थित हाइटेन्सन लाइनको पोल ढल्दा बिजुली आपूर्ति समेत प्रभावित भएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
पालिका एक्लैको प्रयासले विपद न्यूनीकरण, व्यवस्थापन र पुनर्स्थापन सम्भव नभएको हुँदा भदौ ६ गते बागमती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौँडालाई बजेटका लागि अनुरोध पत्र पठाएता पनि प्रदेश सरकारले सम्बोधन नगरेकोमा अध्यक्ष शेर्पाले गुनासो गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्