काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

काभ्रेपलान्चोक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारसहित अन्य ९ जनालाई पक्राउ गरेको छ ।
वडा अध्यक्ष दनुवारसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका सँगै रहेको एउटा घरबाट प्रहरीले पक्राउ गरेको हो । जुवाको खालबाट करिब नगद १ लाख ९० हजार रकम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्