गोरखा अस्पतालमा सेवा लिनेको सङ्ख्या बढ्यो, गत वर्ष ८० हजारले सेवा लिए

गोरखा । गोरखा अस्पताल सुधारसँगै सेवा लिन आउनेहरूको सङ्ख्या बढेको छ । आ ब २०७९।८० मा ८० हजार १२६ जनाले सेवा लिएका अस्पतालका सूचना अधिकारी कृष्ण प्रसाद ढकालले बताउनुभयो ।
ओ पि डि सेवा ६९ हजार १४८ जना, आकस्मिक सेवा १० हजार ९७८ जनाले लिएका छन् । हाडजोर्नी र स्त्रीरोग सम्बन्धी का मेजर अप्रेसन हुँदै आएको गोरखा अस्पतालमा २०७९।८० मा मेजर अप्रेसन १३१ वटा भएका छन् ।
इन्टरर्मेडिएट अप्रेसन ८६ जना, माइनर अप्रेसन ५२५ जना, सिजरियन सेक्सन १७० जनाको भएको छ । गएको आर्थिक वर्षमा ९१२ जनाले अप्रेसन सेवा लिएका अस्पतालका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।
यस अघि अघिल्लो आर्थिक वर्षमा सामान्य अप्रेसन मात्र हुँदै आएका थिए । आर्थिक वर्ष ०८०।०८१ देखि अस्पतालले डेलिभरीको अप्रेसन सेवा समेत सु? गरेको जनाएको छ । अस्पतालले श्रावण ३२ गते बारपाक सुलिकोट गाउँपालिका घर भएका ६ बर्ष का र भाद्र ५ गते गोरखा नगरपालिका का ३ वर्षीय बालक को एपेन्डिसाइटिस को सफल शल्यक्रिया गरेको थियो ।
अन्तरंगसेवा लिनेको सङ्ख्या २४६३ जना रहेको छ । फिजियोथेरापी सेवा १८५८ जनाले सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक सेवा १४६६ जनाले ओ सि एम सि सेवा ३५ जनाले नवजात शिशु विशेष उपचार सेवा ७६ जना र सुत्केरी सेवा ७२२ जनाले लिएका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।
गोरखा अस्पताल सुधारको लागि निकै साइमन इन्ष्च्यिुट र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक सहयोग पुर्याउँदै आइरहेका छन् ।
अस्पतालले आ.व.२०७९।०८० एक हजार १३२ जना बिरामीको रिफर गरेको थियो । अस्पतालले मुटु, मृगौला, पत्थरी, नाक, कान, घाँटीका बिरामीको थप उपचारका लागि अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गर्दै आएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्