तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी नेताहरूद्वारा ‘विमान दुर्घटना’ र ‘प्रोगोजिनको मृत्यु’बारे आशङ्का व्यक्त

कुझेनकिनो, रूस।केही पश्चिमा नेताहरूले यो दुर्घटना दुर्घटना हो कि होइन भनी प्रश्न उठाएका छन्।

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपतकालीन सेवाले जनाइसकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भन्नुभयो, “के भयो भन्ने आफूलाई थाहा नभएको तर रूसमा भएको उक्त घटनामा पुटिनलाई जानकारी भएको हुनुपर्छ ।”

फ्रान्सले दुर्घटनाको बारेमा ‘पर्याप्त शङ्का“ व्यक्त गरेको छ भने जर्मनीले रूसमा ‘अपुष्ट’ मृत्युको ढाँचा पछ्याइएको बताएको छ ।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले ‘पुटिनका एक अपमानित पूर्व विश्वासपात्र अचानक विद्रोहको प्रयास गरेको दुई महिनापछि आकाशबाट खस्नु ‘शङ्कास्पद भएको’ बताउनुभएको छ ।

क्रेमलिन समर्थक प्रभावशाली सरकारी टेलिभिजनका अधिकारी र पुटिनकी सहयोगी मार्गारिटा सिमोन्यानले पनि दहाज दुर्घटनालगत्तै दिएको प्रतिक्रियामा यो हत्या भएको हुन सक्ने सङ्केत गर्नुभएको थियो ।

“दुर्घटनाको बारेमा चर्चा भइरहेको संस्करणहरू मध्ये यो पनि मञ्चन गरिएको घटना थियो । तर व्यक्तिगत रूपमा, म अधिक व्यक्तिले अनुमान गरे झैँ स्पष्ट एकातिर झुकाव गर्दैछु,” उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

पुटिनको लामो शासनकालमा पुटिनका विरोधीहरू रहस्यमय परिस्थितिमा हराएका छन् ।

रूसको उड्डयन प्राधिकरणले एम्ब्रेयर निजी जेटमा सवार व्यक्तिहरूको नाम बुधबार अबेर सार्वजनिक गरेको थियो ।

जहाज दुर्घटनामा प्रिगोजिन र उहाँका नजिकका सहयोगी जसले प्रोगोजिनलाई पर्दा पछाडिबाट सहयोग गरेका दिमित्री उत्किन पनि परेका बताइएको छ । उत्किनले वाग्नरको अपरेसनको व्यवस्थापन गर्नुभएको विश्वास गरिन्छ । उत्किन रूसी सैन्य गुप्तचरमा सेवामा पनि जागिरे रहेको र युद्धमा प्रोगोजिनलाई पनि सघाउनुभएको थियो भन्ने चर्चाहरू पनि रूस र छिमेकी मुलुकका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मस्कोबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको कुझेनकिनो गाउँ नजिकै राइफल बोकेका केही नकाबधारी ‘रूसी प्रहरी’ ले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button