कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा
आकाश तारा बयक, सुर्खेत । कर्णाली प्रदेशलाई सडक मानवमुक्त घोषणा गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान प्रदेशका दशैं जिल्लामा विस्तार गरिने बताउनु भयो ।
मुख्यमन्त्री शाहीले सडक बालबालिका, बृद्धबृद्धासहितको व्यवस्थापन गरी उनीहरुलाई गास, बास र कपास उपलब्ध गराईने जानकारी दिनुभयो ।
सो अवसरमा देउतीबैज्य मन्दिर परिसरमा बसेर माग्र्दै आएका मगन्तेलाई उद्दार गरेर मानव सेवा आश्रममा राखिएको छ ।
कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा गरेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्