अन्नपूर्ण आधार शिविरमा सात जना सम्पर्क बिहिन
पोखरा । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक सहित ७ जना व्यापक हिमपातपछि सम्पर्क बिहिन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण आधारशिविर पुगेका कोरियाली नागरिकको टोलीमध्ये एक नेपाली सहित पाँचजनालाई उद्धार गरिएको जानकारी दिनु भयो ।
त्यस क्षेत्रबाट ३० जना जतिको उद्धार गरी सुरक्षित स्थलमा पुर्याइएको प्रहरीले जनाएको छ ।
अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको र टोलीमा अन्य नेपाली पनि हुनसक्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्