तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको बाढीपहिरोप्रति पाकिस्तानका राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

नेपाल–चीन सीमावर्ती रसुवामा बाढीपहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति जरदारीले शोकसन्तप्त परिवारप्रति पाकिस्तानको समवेदना प्रकट गर्नुभएको छ।

उहाँले विपद्बाट प्रभावित नेपाली जनता तथा नेपाल सरकारप्रति पाकिस्तानको ऐक्यबद्धता रहेको बताउनुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै सम्पर्कविहीन रहेकाहरूको सुरक्षित उद्धारको कामना गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button