तपाईँ सुन्दै हुनुहुन्छः

रुसमा विमान दुर्घटना, वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

काठमाडौं।रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ ।

बीबीसीले जनाएअनुसार रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । विमान दुर्घटनाको कारण एकिन भइनसकेको बीबीसीको भनाइ छ ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button