तपाईँ सुन्दै हुनुहुन्छः

गौरा पर्वका अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सन्देश

काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button