तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार

मलेखु। काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button