तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहालद्वारा मन्त्री किराँतीका पितालाई श्रद्धाञ्जली अर्पण

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि स्वर्गीय राईको पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गर्नुभएको छ ।

मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भई उपचाररत रहनुभएको थियो ।

मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button