तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताको चर्को कुरा गर्नेहरूबाटै सङ्घीयता कमजोर पारिँदैछ : शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सङ्घीयताको चर्को कुरा गर्नेहरूबाटै सङ्घीयतालाई कमजोर बनाउने काम भइरहेको आरोप लगाउनु भएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले कर्णाली जस्ता भौतिक पूर्वाधार अभावले पछाडि परेका क्षेत्रमा पर्याप्त लगानी गर्न समेत सरकारले विभेद गरेको बताउनुभयो । 

महासचिव पोखरेलले सुशासनको गफ दिनेहरूले नै निष्पक्ष रुपमा काम गर्न नसक्दा देशमा समस्याहरू थुप्रँदै गएको बताउनुभयो । 

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी काण्ड जस्ता अन्य ठूलाठूला काण्डको सत्यतथ्य छानविन गराउन दबाब स्वरूप संसद् अवरुद्ध गर्नु परेको उहाँको भनाइ थियो । उहाँले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरूलाई घरमा गएर सोधपुछ गरेकोमा आपत्ति जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button