नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन (चितवन) । पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।
केही बरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो ।
चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
पहिरोका कारण नारायणगढ –मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्