तपाईँ सुन्दै हुनुहुन्छः

बाल सुधार गृहबाट भागेका १९४ बन्दी नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सानो ठिमीस्थित बाल सुधार गृहबाट २९९ मध्ये २२१ जना बालबालिका तथा किशोरहरू भागेका छन् ।

जसमध्य १९४ जनालाई प्रहरीले काठमाडौँ र भक्तपुरबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक प्रजित केसीले भागेकामध्ये १९४ जनालाई प्रहरीले काठमाडौँ र भक्तपुरबाट नियन्त्रणमा लिएको बताउनुभयो । सम्पर्कमा आउन बाँकी २७ जनाको खोजी कार्य पनि तीव्र पारिएको उहाँले बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

बाल सुधार गृहमा सजाँय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्युलाई लिएर उत्पन्न तनावबिच आज प्रदर्शनका क्रममा उनीहरू सुधार गृहको ढोका फोरेर भागेका सुधार गृहले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button