तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा गाडी दुर्घटना, उद्धार कार्य जारी

सल्यान । रुकुम पश्चिमको नुवाकोटबाट दाङ जाँदै गरेको हाइस गाडी सल्यानमा दुर्घटना भएको छ । राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका ३ आगरखोलामा लु २ ख ५७३१ नम्बरको हाइस गाडी सोमबार दिउँसो दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय लुहाममा इन्ट्री गरेअनुसार गाडीमा चालक सहित १६ जना यात्रु रहेका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनाको उद्धार गरी कपुरकोट स्वास्थ्य शाखामा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । अन्यको उद्धार जारी रहेको उहाँको भनाई छ ।

गाडी सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ । गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार कार्य गरी रहेको श्रेष्ठको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button