तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा फुटबल रेफ्री संघ गठन

इलाम । इलाममा पहिलो पटक फुटबल रेफ्री संघ गठन भएको छ । बालकृष्ण राई (एकल विके)को अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो ।

सङ्घको उपाध्यक्ष द्वयमा दिलीपकुमार राई, धनजित मुखिया, महिला उपाध्यक्ष रन्जु यल्मु चयन भएका छन् । महासचिव महेश खड्का, उपमहासचिव मनोज कुमार लिम्बु कोषाध्यक्ष सुरेश थापा मगर निर्विरोध चयन भएका हुन ।

सदस्यहरु विनोद क्षेत्री, राकेश थापा मगर, याम राई, डम्बर सिंह तामाङ, महेश मगर, भक्त बहादुर राई, मन्जित तामाङ, प्रज्वल क्षेत्री, गणेशराज सुवेदी, ललित तामाङ, जितन राई, राजु थापा मगर चयन भएका छन् ।

जिल्ला फुटबल संघ इलामको आयोजनामा शनिबार सम्पन्न भएको भेलाले इलाम पहिलो पटक इलाम जिल्ला फुटबल रेफ्री संघ गठन भएको हो ।

इलाममा हाल ३० जना भन्दा बढी एन्फा रेफ्रीहरु रहेका छन् भने एक जना मात्र महिला रेफ्री रहेका छन् । इलाममा फुटबल क्रेज शहरी र ग्रामीण दुवै क्षेत्रमा रहेको पाइन्छ ।

वर्षको ६ महिना भन्दा बढी समय साना ठुला फुटबल प्रतियोगिता संंचालन हुने गरेका छन् जसका कारण केही रेफ्री व्यावसायिक रुपमा अघि बढी रहेको पाइन्छ ।

इलाम मात्र नभई छिमेकी जिल्ला झापा, पाँचथर, ताप्लेजुङ लगायत भारतको दार्जिलिङ, मिरीक, सिक्किम लगायतका स्थानमा पनि यहाँका रेफ्रीहरु प्रतियोगिता खेलाउन जाने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button