तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले चिसो बढायो, यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान

काठमाडौं । बिहीबार बेलुकाबाट निरन्तर परेको वर्षा आज पनि निरन्तर रहने भएको छ ।Bआज शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी तथा तराई भू भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि मौसममा क्रमश सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

काठमाडौँमा बिहीबार साँझदेखि निरन्तर भएको वर्षा २४ घण्टापछि मात्रै रोकिएको छ ।

यस्तो छ महाशाखाको तीन दिने पूर्वानुमान

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू९भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली र तराईका भु९भागमा आंशिक बदलि भई पहाडी भू(भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू(भागका १र२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू(भागका १र२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू(भागका १र२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button