तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा जङ्गली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एकै घरका दुई जनाको मृत्यु गएको छ भने अर्का एक जना गम्भीर बिरामी भएका छन् । 

साउन २८ गते साँझ बंगलाचुली ४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका तीन जना मध्ये दुई जना अर्थात् एकै घरका आमा छोरीको मृत्यु भएको हो ।

जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली ४ मैकुटीमा बस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको उपचारका क्रममा आज मृत्यु भएको हो । सुनारको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आज मृत्यु गएको हो ।

यसअघि उहाँको ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३२ गते मृत्यु भएको थियो । यसैबीच मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि अवस्था निकै गम्भीर रहेको बताइएको  । उनको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button