तपाईँ सुन्दै हुनुहुन्छः

सीमापारी भारतमा भेटियो मलंगवाका एक युवकको शव

सर्लाही  । सर्लाही मलंगवाका एक युवकको शव सीमापारी भारततर्फको खेतमा  भेटिएको छ ।

मलंगवा नगरपालिका–४, बस्ने वकिल धोबीका छोरा ३५ वर्षीय रवानी हुसेनको शव दशगजा नजिक भारततर्फ खेतमा  फेला परेको हो । पारिवारिक श्रोतका अनुसार मृतक व्यक्ति लागूऔषधको प्रयोगकर्ता रहेको बुझिएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारजनले शव बुझेर घर ल्याइसकेका छन् । यो विषयमा थप अनुसन्धान भइरहेको ९एसपी ० सुवेदीले जानकारी दिनुभयो।

सर्लाहीमा पछिल्लो समय  लागूऔषध सेवन गर्नेको ठुलो सङ्ख्या बोर्डर पारी भारतीय सीमावर्ती बजारमा पुग्ने गरेका छन् । केही दिनअघि पनि मलंगवास्थित कृष्णामति माध्यमिक विद्यालयमा लागूऔषध सेवन गर्ने एक युवक मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button