तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट ५ राँगा मरे 

बाँके । यात्रुवाहक बसको ठक्करबाट  पाँच राँगाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा न ८ नयाँ गाउँ पुल नजिकै  बिहीबार राती राती ८: ३० बजे यात्रुवाहक बसको ठक्करबाट ५ वटा राँगा मरेका हुन भने  एक वटा  राँगो घाइते भएको  छ ।

प्रहरीका अनुसार नेपालगन्जदेखि पोखरा जाँदै गरेको बा ६ प ६३७८ नम्बरको बसले सडकमा रहेका राँगालाई ठक्कर दिएको हो । तीव्र गतिमा गुडेको बसले राँगाहरूलाई ठक्कर  दिएर भागेको हो।

प्रहरी चौकी ढकेरी सम्शेरगजले ठक्कर दिने बस र बस चालकलाई  नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको जनाएको छ। 

बसमा सवार यात्रु सकुशल रहेका छन् । बाँकेका मुख्य राजमार्गमा छाडा चौपाया व्यवस्थापन नहुँदा र घरमै पालेका चौपाया पनि जथाभाबी छोड्ने गर्नाले दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button