तपाईँ सुन्दै हुनुहुन्छः

 बढैयातालमा घाँस काटिरहेकी श्रीमतीको श्रीमानले गरे हत्या

बाँके । वढैयाताल गाउँपालिका-१ सानोडाँफेमा शुक्रबार पतिले पत्नीको हत्या गरेका छन् । ५० वर्षीय कृपाल सुनारले श्रीमती केशकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले बताउनु भएको छ ।

‘घरदेखि करिब ५ सय मिटर दुरीमा स्थानीय जुहारीलाल ऐरीको खेतमा केशकुमारी घाँस काटिरहेको समयमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको डिएसपी बोहोराले जानकारी गराउनु भयो।‘सुनारले धारिलो हतियार प्रयोगपछि धानखेतमा लडाई थिचेर श्रीमतीको हत्या गरेको देखिएको छ ।’

घटनालगत्तै ईलाका प्रहरी कार्यालय, मैनापोखरबाट प्रहरी टोली पुगेर सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी बोहोरालो बताउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button