हेटौंडामा सहिद सप्ताह प्रभावकारी रुपमा मनाउने तयारी

मकवानपुर । मकवानपुर– बागमती प्रदेश सरकार आगामी माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह भव्य र प्रभावकारी रुपमा मनाउने भएको छ ।
हेटौंडा–११ मा अवस्थित सहिद स्मारक विकास समितीका अध्यक्ष समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सहिद सप्ताह भव्य रुपमा मनाउने तयारी गरेको बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले सप्ताहव्यापी कार्यक्रम गरेर दिवश प्रभावकारी रपमा मनाउने बताउनुभयो ।उहाँले सप्ताहव्यापी कार्यक्रमलाई नेपाल पर्यटन वर्ष २०२० संग जोडेर लैजाने समेत बताउनुभएको छ ।
प्रदेश सरकार, जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकासंग समन्वय गरेर स्मारक विकास समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।
सहिद स्मारको रजत वर्ष (२५ वर्ष) पुगेको अवसरमा दिवशलाई अझै प्रभावकारी रुपमा मनाउन विभिन्न कार्यक्रमहरु समेत तय भएका छन् ।
रजत जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागि हुनु हुने उहाँले बताउनुभएको छ ।
राष्ट्रपति भण्डारी स्मारक विकास समितिको रजत जयन्तीका अवसरमा आगामी माघ १४ गते हेटौंडा आउनुहुने तय भएको स्मारक विकास समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्